५० हजार घुससहित वडाध्यक्ष पक्राउ
काठमाडौं । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका-५ का अध्यक्ष ५० हजार घुससहित पक्राउ परेका छन् । वडाअध्यक्ष सब्दुल मियाँलाई प्रहरीले ५० हजार घुस रकमसहित नियन्त्रणमा लिएको हो ।
भवन निर्माण सम्पन्न भएको सिफारिस दिने भन्दै सेवाग्राहीसँग घुस मागेको सूचनामा आधारमा इटहरीबाट गएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मियाँलाई पक्राउ गरेको हो ।
घुस रकमसहित जेठ २३ गते पक्राउ परेका मियाँमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए । आवश्यक अनुसन्धानपछि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गर्नेछ ।