कसरी बन्ने सफल ?: विनोद चौधरी, शेखर गोल्छा र हेमराज ढकालका सफलताका महत्वपूर्ण शूत्र



काठमाडौं । अक्सर मानिस आफू सफल बन्न चाहन्छन् । सफलताका लागि ठूलो मेहनत जरुरत पर्दछ । शास्त्रले भनेको छ- कागको जस्तो चेष्टा, बकुल्लाको जस्तो ध्यान, कुकुरको जस्तो निद्रा हुने मानिस जीवनमा सफल हुन्छ । कपियले यसलाई अध्ययनसँग पनि जोडेर हेरेका छन् ।

यस्तै, दृढ इच्छाशक्तिसहितको प्रयत्न पनि सफलताको अर्को शूत्र हो भन्छन् कतिपय । यस्तै, कतिपय मानिसले आम मानिसले गर्ने भन्दा फरक तरिकाले त्यही काम गरेर पनि सफलताको मिठो स्वाद चाखेका छन् । व्यवसायमा सफल बन्न त अझै ठूलो मेहनत जरुरत पर्दछ । आज हामी त्यही सफल व्यवसायीले कसरी सफल बन्न सकिन्छ भनेर दिइएका केही महत्वपूर्ण मन्त्रहरु तपाईलाई सेयर गर्न लागेका छौं ।

विनोद चौधरी

सपना ठूलै देख्नुहोस् । यो महंगो छैन । हरेक पल एउटै सपना देख्नुहोस् । फरक दिन फरक फरक सपना नदेख्नुहोस् । मैले पनि त्यही गरेको हूँ ।

आफूमाथि विश्वास राख्नुहोस् । जस्तै अफ्ठ्यारोहरु आए पनि म त्यसलाई चिर्छु । स्रोत र साधनको परिचालन गर्छु भन्ने दृढ संकल्प गर्नुस् । र, जबसम्म मैले त्यसको समाधान खोज्दिन तबसम्म म निदाउँदिन भनेर अद्धि बढ्नुहोस् । यसको मतलब म ब्यूँझिएरै सपना हेर्छु भन्ने हो । मैले बुझेको यही हो । र, हरेक व्यक्तिले गर्नुपर्ने पनि यही हो ।

सफल हुनु भनेको चावी हो । सफल भएपछि धन स्वत आउँछ । पैसा मात्रै भएको धनी व्यक्तिलाई समाजले सफल व्यक्तिको रुपमा हेर्छ भन्ने छैन ।

शेखर गोल्छा

हरेक सफल मान्छेमा मैले २/३ वटा गुण देखेको छु । हम्बल र ह्युमिलिटी हुनुपर्छ । ह्युुमिलिटी किन आवश्यक छ भने जब मान्छे हम्बल हुन्छ भने उसले कहिल्यै पनि सिक्न छाड्दैन । जब मान्छेले सिक्ने प्रयास गरिराख्छ उसले परिवर्तन चाहन्छ । जसकारण उसको सफलताको प्रतिशत निकै उच्च हुन्छ ।

सफल व्यक्तिमा मैले प्रिसिभरेन्स अर्थात् लागिराख्ने प्रवृत्ति । जब हामी कुनै काम गर्छौं त्यसमा सफलता र असफलता दुईवटै हुनसक्छ । असफल हुनेवित्तिकै हामीले हरेस खायौं भने त्यसपछि पूर्णबिराम लाग्छ । संसारमा कुनै यस्तो मान्छे छैन कि जसले असफलता प्राप्त गरेको छैन ।

हरेक व्यक्तिको सफलताभित्र असफलता लुकेको हुन्छ । तर, त्यो सफल मान्छेले असफलतालाई कसरी ह्याण्डिल गर्यो त भन्ने कुरा महत्वपूर्ण हो । र, गल्तीहरुबाट पाठ सिक्दै लागिराख्ने प्रवृत्तिले मान्छेलाई सफल बनाउँ छ ।

हार्डवर्क र भिजन सफलताका लागि चाहिने हर्को कम्पोनेन्ट हो । यी क्यवालिटीहरु डेभ्लप गर्ने प्रयास गर्नुहोस् । यो प्रयासले तपाईंलाई पक्कै पनि सफल बनाउने छ । मैले पनि यही गर्ने प्रयास गरिरहेको छु ।

हेमराज ढकाल

सफलता भनेको रातारात भ्याट्ट प्राप्त हुँदैन । तपाईंसँग लामो समयका लागि योजना हुनुपर्छ । र, योजना कर्यान्वयनका लागि निरन्तर मिहेनत । उद्यमीका हिसाबले हेर्दाखेरी चाहीँ कहाँ कहाँ नयाँ अवसर छन् ? चुनौतिहरु के के छन् ? र, तीनलाई कसरी समाधान गर्ने ? त्यो पार्टमा हेर्नुपर्छ ।

भइरहेको ठाउँमा प्रतिस्पर्धा गर्न जानुभन्दा नयाँ अवसर खोज्नुपर्छ । कुनै काम शुरु गरिन्छ भने त्यो दीर्घकालसम्म वित्तीयरुपमा संभाव्य पनि हुनुपर्यो । कुनैपनि प्रोजेक्ट शुरु गर्नुभन्दा अघि त्यसले पैसा बनाउन सक्छ कि सक्दैन भनेर विश्लेषण गर्नुपर्छ । सामान्य अवस्थामा ३ देखि ५ वर्षभित्र बिजनेशले पैसा बनाउन शुरु गर्नुपर्छ । अर्को महत्वपूर्ण कुरा प्यासन हो । प्यासनले बिजनेश नसानसामा रगतसँगै पुर्याउँछ । प्यासन भएको क्षेत्रमा लगातार लागिरहने हो भने अवश्य सफल भइन्छ । डिजिटल ट्रान्सफरमेशन, फिन टेक र डिजिटल इको सिस्टम मेरो प्यासन हो ।


क्लिकमान्डु