नेपाल फाइनान्सको चौथो शाखा रुपन्देहीको सैनामैनामा



काठमाडौं । नेपाल फाइनान्सले आफ्नो चौथो शाखा रुपन्देहीको सैनामैनामा खोलेको छ ।

रुपन्देहि जिल्लाको सैनामैना नगरपालिका मुर्गिया बजारमा खोलेको शाखाको उद्घाटन फाइनान्सका संचालक दिप्रश शाक्यले गरे ।

कार्यक्रममा संस्थाका संचालक राजन प्रजापती , प्रमुख कार्यकारी अधिकृत उध्दबराज थपलिया , सहायक प्रमुख कार्यकारी अधिकृत बिष्णु प्रसाद गौतम लगायतको उपस्थिति रहेको थियो ।

निजी क्षेत्रको लगानीको नेपालको पहिलो फाइनान्स कम्पनीको रुपमा २०४९ सालमा स्थापना भएको वित्तीय संस्थाको हाल काठमाडौ महानगरपालिका २८ कमलादीमा केन्द्रिय कार्यालय सहित ललितपुरको पुल्चोक र काभ्रेपलाञ्चोको बनेपामा शाखा कार्यालय संचालनमा ल्याइसकेको छ ।

त्यसैगरी नेपाल फाइनान्स लिमिटेडले ललितपुर फाइनान्स लाई प्राप्तिका लागि प्रारम्भिक सम्झौता गरीसकेको छ । ललितपुर फाइनान्सलाई प्राप्ति गरिसकेपछि संस्थाको चुक्ता पूँजी करिब ५५ करोड पुग्ने छ भने १ :१.७५ का दरले हकप्रद शेयर जारीका लागि नेपाल राष्ट्र बैकबाट स्वीकृत प्राप्त गरीसकेको छ ।

त्यसैगरी यस संस्थाले कास्कीको माछापुच्छ्रे गाउपालिका , बर्दाघाट सुस्तापूर्वको गैडाकोट , जनकपुरको धनुषाधाम ,हेटौडामा शाखा कार्यालय र काठमाडौको कान्तिपथ र कालिमाटीमा विस्तारित काउण्टर पनि यसै आर्थिक वर्षमा संचालनमा ल्याउने छ ।

संस्थाले १० स्थानबाट आफ्नो सेवा प्रवाह गर्ने छ साथै सम्पूर्ण डिजिटल बैकिङ सेवा समेत छिट्टै संचालनमा ल्याउने गरी तयारी गरीसकेको छ ।


क्लिकमान्डु