महासंघको नेतृत्व चयनको लागि शनिबार निर्वाचन, कोभिड संक्रमितको लागि छुट्टै बुथ



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वको चयनको लागि शनिबार मतदान हुने भएको छ ।

कोभिड संक्रमणको लागि ३ स्थानमा मतदान केन्द्र तोकिएका छ । जिल्ला नगरको प्रज्ञा प्रतिष्ठान,एशोसियटको कार्की ब्याङकट र वस्तुगतको महासंघमा निर्वाचन हुने छ । कोभिड संक्रमित मतदाताको लागि छुट्टै बुथ बनाएको जानकारी राणाले दिइन् ।

महासंघ अध्यक्ष भवानी राणाले बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान हुने र मतदान सकिएपछि मतगणना हुने छ ।

महासंघ अध्यक्ष राणाले आइतबार निर्वाचित नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गर्नेछिन् ।

महासंघको विधान अनुसार अहिलेका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्नेछन् ।

बरिष्ठ उपाध्यक्षको लागि किशोर प्रधान र चन्द्र ढकाल टिम सहित निर्वाचनमा होमिएका छन् । प्रधान समुहबाट जिल्ला नगरमा दिनेश श्रेष्ठ,एशोसियटमा सौरभ ज्योति र वस्तुगतमा अन्जन श्रेष्ठ उम्मेद्वार छन् ।

ढकाल प्यानलबाट जिल्ला नगरमा गुणनिधि तिवारी,एशोसियटमा रामचन्द्र संघाइ र वस्तुगतमा उमेशलाल श्रेष्ठ छन् ।
कार्यसमितिले कोषाध्यक्षको चयन गर्ने छ ।


क्लिकमान्डु