३५ हजार तलब, ४० लाखको बाईक, वाह जिन्दगी !



तपाई सफल कि असफल मान्छे ?

म आफूलाई सफल मान्छे जस्तो लाग्दैन । मैले मेरा धेरै कमी कमजोरीहरुको महसुस गरेको छु । र, हरेक दिन ती कमी कमजोरीहरुलाई सुधार गर्दै म मेरा आइडियाहरुमा सफलतातर्फ अघिबढ्छु ।

अनि तपाईँ रिसाहा कि समझदार ?

म कमै रिसाउँछु । म आफूलाई समझदार नै छु जस्तो लाग्छ । बिजनेशमा एग्रेसिभ नेचर नै राम्रो हुन्छ । तर, म अलि बढी नै शान्त स्वभावको छु जस्तो लाग्छ ।

प्रेम कहानी सुनायो भने श्रीमतिको धेरै गाली पाइन्छ । भो त्यसैले नसुनाउँ होला ।

प्राय व्यापारीहरु अलि ठूलो भूँडी भएका मोटाघाटा हुन्छन् । तपाईँत के सारो दुब्लो ?

१० वर्षअघि म निकै धेरै मोटो थिएँ । त्यसबेला श्रीमती सुत्केरी भएकि थिइन् । हाम्रो नेवारी समुदायमा सुत्केरीलाई ध्यू चाकु कोशेली ल्याउने चलन छ । श्रीमतीलाई सुत्केरीमा आएका ती कोशेली म खाइदिन्थेँ । त्यही भएर मोटाएको ९६ किलोसम्म पुगेँ । अचेल घटेर ८२ किलो भएको छु । पहिला श्रीमति मोटी थिइन् र म पनि मोटो हुँदा सुहाउँथ्यो । अहिले श्रीमति पातली भएकी छिन् त्यसैले सुहाउनलाई म पनि पातलै हुनुपर्यो ।

र, अब उमेर पनि बढ्दै गयो । बुढो भइँदै गइयो । त्यसैले स्वास्थ्यको पनि ख्याल गर्दै जानुपपर्छ भनेर हरेक बिहान एक्सरसाइज गर्छु ।

भर्खर त ४२ वर्षको भयो । यो उमेरमै बुढो भन्न मिल्छ र ?

अब चुनाव लागिरहेको छ । त्यसैले बुढो भइयो भनेर भन्नै पर्यो नि । नत्र त चुनाब जितिँदै जितिँदैन नि । हाहाहा… (लामो हाँसो)

***

तपाईँ आफ्नो कम्पनीबाट तलब लिनुहुन्छ कि नाफामात्रै ?

बेसिक तलब लिन्छु । डिभिडेन्ड त आइहाल्छ नै । मेरो तलब तपाइँको भन्दा कम होला ।

तपाईको तलब कति हो त ?

मासिक ३५ हजार रुपैयाँ जति लिन्छु ।

नाफा कति नि ?

नाफा भए न डिभिडेन्ड आउने हो ।

तलब त मासिक ३५ हजार रुपैयाँ भयो खर्च चैं कति नि ?

खर्च कति छ भनेर त मैले हेरेकै छैन । जे होस् पुगिरहेको छ । घर चलिरहेको छ । तपाईँलाई साँच्चै भनु कि मेरो खल्तीमा पैसा नै हुँदैन । कहिलेकाहीँ श्रीमतीसँग मुभि हेर्न जाँदा खल्तीमा पैसा हुँदैन र श्रीमतीको गाली खानुपर्छ । त्यसबेला साथीभाईसँग मागेर काम चलाउँछु । मसँग क्रेडिट कार्ड हुन्छ, नेपालका धेरै ठाउँ क्रेडिट कार्डले काम गर्दैन ।

बैंक व्यालेञ्च टन्नै होला है ?

खासै छैन । डेभिडेन्ड आयो भने अलिअलि सेभिङ गर्ने हो । हाम्रा धेरैवटा कम्पनी छन् । सबै कम्पनी नाफामा सञ्चालन हुँदैनन् । त्यसैले नाफा कमाएका कम्पनीले नोक्सानमा गएका कम्पनीको नोक्सान व्यहोर्नु पर्यो । त्यसपछि जति बचत हुन्छ, त्यो रि इन्भेष्टमेन्ट गर्नुपर्यो ।

तपाईको समूहको वार्षिक कारोबार कति हुन्छ ?

धेरै कम्पनीहरु छन्, त्यो त नहेरी भन्न सक्दिन ।

***

कति पढ्नुभएको छ ?

बैंङ्लोर विश्वविद्यालयबाट व्याजलर अफ इन्जिनियरिङ म्यानेजम्यान्ट गरेको छु ।

बिबाह कहिले गर्नुभयो ?

सन् १९९९ मा ।

लभ कि एरेञ्ज ?

एरेञ्ज हो । तर मैले एरेञ्ज गरेको छ ।

कहाँ भेट्नु नि उहाँलाई ?

बैंङ्लोर मै पढ्दै गर्दा भेटेको । हाम्रो चीनजान भएको ५ वर्षपछि हामीले बिबाह गर्यौं ।

त्यो बेलाको केही कहानी सुनाउनुहोस् न त ?

प्रेम कहानी सुनायो भने श्रीमतिको धेरै गाली पाइन्छ । भो त्यसैले नसुनाउँ होला ।

सुनाउन मिल्नेजति त सुनाउनुहोस् न ?

वास्तवमा भन्दा म र मेरी श्रीमतिको साथीबीच धेरै कुराहरु मिल्थे । उहाँहरुसँग घुमघाम हुन्थ्यो । त्यहीबेलामा श्रीमतिको साथीका माध्यमबाट मैले मेरो श्रीमति चिनेको हुँ । उनलाई चिनेपछि म उनीतिर बिस्तारै आकर्षित हुँदै गएँ ।

प्रेम प्रस्ताब चैं कसरी गर्नुभयो त ?

हाम्रो चिनजान भएको साढे ४/५ वर्षपछि नै हो मैले उनलाई प्रस्ताब गरेको । त्यसअघि हामी साथी साथी मात्रै थियौं । मैले एकैपटक बिबाहको प्रस्ताब गरेँ ।

उहाँको के कुराले तपाईँलाई लोभ्यायो ?

पहिलो आकर्षण त रुप नै हो । जब हामी साथीकोरुपमा नजिक हुँदै गयौं त्यसपछि चैं स्वभावले ।

उहाँसँगको प्रेम तपाइँको दोस्रो कि तेस्रो ?

अहँ मलाई थाहा छैन । किनभने मैले सबैकुरा विर्सिसकेको छु ।

तपाईँ खानको सोखिन कि लाउनको ?

खानकै सोखिन हुँ । लाउनमा मलाई यो त्यो भन्ने छैन ।

अहिलेसम्मकै सबैभन्दा महंगो लुगा ?

म खासै महंगो लुगा लगाउँदिन । महंगोमा १५/२० हजारको जुक्ता किनेको छु । म साधारण मान्छे हुँ ।

तपाईँ बाइकको चाहीँ सोखिन हो है ?

बाइक मेरो काम पनि हो र सोख पनि ।

बाइक चढेरै कहाँ कहाँ पुग्नुभयो त ?

जोमसोम पुगेँ । मुक्तिनाथ पुगेँ । श्रीमतिलाई पछि राखेर मनाङ पुगेँ । सामान्य पहाडी र तराई जिललाको त के कुरा गर्नु । अब रारा, लोमाङथान, सगरमाथाको बेसक्याम्प र ह्लासा जान बाँकी छ ।

तपाईँसँग कतिवटा बाइक छन् ?

१५/२० वटा ।

सबैभन्दा महंगो ?

सीबीआर १००० आरआर भन्ने बाइक सबैभन्दा महंगो हो । ५/६ वर्षअघि २८ लाख रुपैयाँमा किनेको । अहिले त ४० लाखजति पर्ला ।

तपाईँसँग भएका सबै मोटरसाइकलको मुल्य जोड्दा कति होला ?

२ करोडजति पर्ला । गाडी पनि छ ७५ लाख रुपैयाँमा किनेको ।

***

गीत सुन्नुहुन्छ ?

सुन्छु ।

मनपर्ने गीत ?

निर जैले रिसाउने…

किताब कतिको पढ्नुहुन्छ ?

म किताब त्यति पढ्दिन । सामान्यतया म अडियो बुक्सहरु सुन्छु । अहिले त म आफ्नो इन्ट्रेस्टका कुराहरु मात्रै पढ्छु । म फिल्म चाहिँ धेरै हेर्छु ।

म्याडम के गर्नुहुन्छ ?

हाम्रो समूहको सबै कम्पनीको ब्राण्ड चिफ हो ।

तलब त तपाइँको भन्दा बढी होला है ?

मेरो भन्दा कम छ । किनभने म कम्पनीको अध्यक्ष हुँ नि त ।


पुष्प दुलाल